नेकपा एमालेकी नेतृ एवं हालसालै मन्त्री बनेकी भगवती न्यौपाने राजनीतिमा भाग्यमानी र चतुर राजनीतिक खेलाडी भएको कुरामा कु्नै दुईमत छैन तैपनि न्यौपानेका बिरोधी तथा उन्को खिसिट्युरी गर्नेहरुले धेरै बर्ष अगाडीको स्थानिय निकायको निर्वाचनमा न्यौपानेले बेहोरेको हारलाई पटक पटक उछाल्ने गरेका छन् । पार्टी भित्रबाट खुट्टो तान्दातान्दै तत्कालिन समयमा भगवती न्यौपानेले राष्ट्यि सभाको टिकट पाँउदा केहिलाई टोलाएर बस्ने रोग नै लागेको थियो । झन् अहिले अप्रत्यासित रुपमा न्यौपाने मन्त्री बन्दा उक्त समय टोलाएको त्यो टोली अर्धमुर्छित भएको छ । नेकपा एमाले तनहुँमा जे जस्तो गुटबन्दि नै भएपनि अर्धमुर्छित त्यो टोली र पटक पटकको निर्वाचनमा नमिठो पराजय चाँखेका जिल्लाका कार्यकर्तालाई सिन्चन गर्ने काम अब निर्विकल्प भवगती न्यौपानेको काँधमा आएको छ । हिजो जे जस्तो भएपनि अब न्यौपनेका सामु आफु र आफन्तलाई चुनाव हराउन नलाग्नेहरुलाई मात्र होईन मन्त्री बनेपछि बधाई दिन काठमाण्डौ जान खुट्टा कमाउनेहरुको जमातलाई पनि सम्हालेर अगाडि बढ्नुपर्ने मौका र चुनौती प्राप्त भएको छ ।
जिल्लामा नेकपा एमालेका ठुला ठुला नेताहरु किरण गुरुगंदेखि टुकराज सिग्देल, केदार सिग्देल र स्वयं भगवती न्यौपाने भएपनि पछिल्लो निर्वाचनको परिणामले अब तनहुँ अझ बिशेषगरि तनहुँ क्षेत्र नं. १ मा नेकपा एमाले उठ्न सक्ला र ? भन्ने भाष्य स्थापित भएको छ । अबका दिनमा तनहुँ एमालेले राम्रो प्रर्दशनी गरे जस नगरे अपजको भारि सबै बोक्नुपर्ने संगिन घडिमा भगवती न्यौपानेको काँधमा मन्त्री पदको जिम्मेवारी आईपरेको छ। मन्त्री बनेपछि न्यौपानेले केहि बर्ष अगाडि स्थानिय तहको निर्वाचनमा आफै पराजित भएको, गत स्थानिय तहको निर्वाचनमा आफ्नै वडामा वडा अध्यक्ष जिताउन नसकेको, आफ्नै गृहपालिका तनहुँको भानु नगरपालिकामा आफ्नै भिनाजुलाई टिकट दिलाएर जिताउन नसकेको अनि संंघिय होस् कि प्रदेशको निर्वाचनमा शर्मनाक हार बेहोरेको घाउँलाई मेट्न कस्सिएर लाग्नुपर्नेछ । झन् पछिल्लो उपनिर्वाचनमा रास्वपाले बढारेको पार्टीको साख जोगाउन न्यौपाने नलागे न्यौपानेका बिरोधी तथा खिसिट्युरी गर्नेहरुले देख्यौ त मन्त्री बनेर के गरेर भन्दै कुरा काट्ने खुराक मिल्नेछ ।
न्यौपाने बोलीमा जति तगडा छिन् काम पनि त्यति नै तगडा गर्नुपर्नेछ त्यस्को लागि उन्ले आफ्नो वरपर कुशल र सक्षम साथै चुस्त दुरस्त सचिवालय निर्माण गरेर देशभरको काम मात्र होईन जिल्लामा पार्टीको कामलाई पनि प्राथमिकतामा राख्न सकिनन् भने तनहुँका एमालेले उन्को काम बिर्सन लायक हुनेछ । शुभचिन्तक, चाकडीबाज् , अवसरवादी मान्छे चिनेर, सम्मान, दोसल्लामा रमाउन छोडेर त्यहि अनुरुप काम अगाडि बढाउन नसकेको खण्डमा जिल्लावासीलाई अझ बिशेष गरेर नेकपा एमाले तनहुँलाई भगवती मन्त्री बन्नु ‘‘कागलाई बेल पाक्यो हर्ष न विस्मात् ‘‘ हुने पक्का छ । चौघेरोबाट निस्केर काम गरेको खण्डमा मन्त्रीको कार्यकाल सफल हुनका साथै जिल्लामा नेकपा एमाले उकासिने छ होईन वातानुकुल गाडीमा हालेको झण्डा हेरेर रमाउने हो भने भविष्यमा भगवती न्यौपानेलाई सबैले तनहुँको भानु नगरपालिकाकी पुर्व मन्त्री त भन्लान् एउटा समक्ष नेतृत्व कमैले भन्नेछन् । अब जिम्मा भगवती न्यौपानेको पुर्वमन्त्री मात्र बन्ने कि नेकपा एमाले बिशेष गरेर तनहुँको समक्ष नेतृत्व बन्ने ? अगाडी पछाडी दौडनेहरुले वाहवाही गरिरहेका छन् तर उन्ले सम्झन नचाहेकाहरुले पनि चुपचाप उन्को कदमलाई नियालिरहेका छन् ।








