तनहुँ, बन्दीपुर–१ डुम्रे बजार नजिकै पृथ्वी राजमार्गमा माइक्रोबस र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। डुम्रेको ठूलो ढुङ्गा नजिकै भएको उक्त दुर्घटनामा २२ जना घाईते भएको र माइक्रोमा च्यापिएका चालकको अवस्था गम्भिर रहेकोले उपचारका चितवन लगिएको र बाँकी घाईतेहरुलाई उपचारका लागि नजिकैका अस्पताल र पोखरा पठाईएको प्रहरी चौकी डुम्रेले जानकारी दिएको छ । वाग्मती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको काठमाण्डौँबाट दमौलीतर्फ आउँदै गरेको माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बससँग ठोक्किएर उक्त दुर्घटना भएको हो।तस्विरः हलचल खबर








