अभागी भए फरार अभियुक्त देवेन्द्र यादव हिजो देउवाले पार्टी प्रवेश गराए आज निकाले

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन वि. क. को हत्या आरोपका फरार अभियुक्त देवेन्द्र यादव अभागी भएका छन् । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए तर फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएपछि आज नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् । यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन वि.क.को हत्याका अभियुक्त हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?