निर्णय अगावै भानुका मेयरले तगारो तेर्साएपछि धर्मसंकटमा मन्त्री न्यौपाने !

माधब पौडेल
  • ख-
  • ख+

(एक कार्यक्रममा मन्त्री न्यौपानेलाई बिर्खे टोपी लगाईदिदै भानुका मेयर आनन्द राज त्रिपाठी र साथमा भानुका प्रमुख प्रसाशकीय अधिकृत गौतम भण्डारी)

भर्खरै संघिय मामिला तथा स्थानिय बिकास मन्त्री नियुक्ति भएकी भगवती न्यौपानेले पालिकामा कुनै हस्तक्षेप गर्नुभन्दा अगाडि नै तनहुँको भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठीले प्रमुख प्रसाशकीय अधिकृतको सम्भावित सरुवालाई लिएर तगारो तेर्साएका छन् । मन्त्री न्यौपानेलाई तगारो तेर्साउने मेयर त्रिपाठी मन्त्री न्यौपानेको गृहनगरकै हुन् । मन्त्री बनेपश्चात आफ्नो जिल्ला तथा नगरको बाक्लो आउँजाउँ गरेकी मन्त्री न्यौपानेलाई स्थानिय नेता तथा कार्यकर्ताले भानु नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत गौतम भण्डारीको बारेमा गुनासो गरेका थिए । साथै मन्त्री न्यौपानेलाई पनि भानु नगरपालिकामा आफ्नो उपस्थिति देखाउनुपर्ने टड्कारो आवश्यकता महसुस भईरहेको बेला मेयर आनन्द त्रिपाठीले तगारो तेर्साएपछि मन्त्री न्यौपानेलाई तर्सने कि कम्प्रोमाईज गरेर अगाडि बढ्ने धर्म संकटको अवस्थामा पुर्याएको छ । भदौ महिनाको शुभसाईत पारेर विभिन्न पालिकामा प्रमुख प्रसाशकीय अधिकृतहरु सरुवा गर्ने मेसोमा र भानु प्रमुख प्रसाशकीय अधिकृत गौतम भण्डारीलाई बरण्डाको हावा ख्वाउने मन्त्रालयको चाहनालाई नगर प्रमुख त्रिपाठीले ब्रेक लगाईदिने भएका छन् । सधै चलिआएको चलन र मन्त्रालयको काम नै कर्मचारीहरुको आवश्यकता अनुसार सरुवा बढुवा गर्ने नीतिलाई टेक्दै केहि महिना अगाडि भानु नगरपालिकामा आएका भण्डारीलाई सरुवा गरेर आफ्नो फेवरको मान्छे ल्याउन खोज्दा मन्त्रीको सभिवालयबाट उक्त कुराको सुईको पाएका मेयर त्रिपाठीले भानुको मेयर म हो मन्त्रीले हाकिम सरुवा गरेर हुदैन भन्ने अभिव्यक्ति दिएपश्चात मन्त्री र मेयरबिचको रडाको छताछुल्ल भएको छ । यसले भानु नगरपालिकको भविष्य त अन्धकार बन्छ नै एउटै पालिकाका मन्त्री र मेयरको जुगाँको लडाई कस्ले जित्ला धेरैको प्रतिक्षाको बिषय बनेको छ । यसै बारेमा भानुका मेयर त्रिपाठीसग सम्पर्क मेयर त्रिपाठीले ”आफु भानुको अभिभावक भएको र मन्त्री न्यौपाने आफ्नो पनि अभिभावक भएको नाताले मेयरको भावना बुझ्ने” बताएका छन् ।
त्यसो त मेयरको बयानले गर्दा भानु नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत भण्डारी भानुमै कायम रहन्छन् कि मेयर आनन्द त्रिपाठीले मन्त्री क्वाटरको चिया पिएपश्चात ठिकै छ नि भनेर भण्डारीको बलि चढाउछन् त्यो भाद्रको पहिलो दिन वा पहिलो हप्ताभित्र थाहा हुनेछ । प्रमुख प्रसाशकीय अधिकृत भण्डारीको बारेमा विवाद निकालिएकोले आउने हप्ता निर्णय नगरेपनि मेयर र मन्त्रीको सल्लाहमा केहि दिन थाँति राख्न सकिने सम्भावना पनि बढेको छ ।
कर्मचारीको सरुवा नभईकन मन्त्रालयबाट चुहिएको सरुवाको कुराले विवादले स्थानिय सरकार र उक्त पालिकाकी मन्त्रीकाबिच मनमुटाव बढाएको छ भने भानु नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सरुवा भए पनि नभएपनि मन्त्रीको प्रतिष्ठामा आँच पुर्याउने पक्का छ । सरुवा गर्न सकेको खण्डमा नेकपा एमा ले तनहुँले आफ्नो जितको रुपमा व्याख्या गर्नेछ भने सरुवा गर्न नसकेको खण्डमा मेयर त्रिपाठीले जितेको रुपमा एमाले तनहुँका नेता तथा कार्यकताले बिश्लेषण गर्नेछन् । यस्ले गर्दा जिल्लामा पार्टी सम्हाल्नुपर्ने दायित्व आईपरेकी र पावरफुल मन्त्री न्यौपानले नैतिक धर्मसंकट खडा भएको छ ।

तस्विरः मनोज कुमार श्रेष्ठ

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?