शान्ति सुरक्षा कायम र आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरी लागि पर्ने एसपी टेक बहादुर कार्कीको भनाई

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । जिल्लामा शान्ति सुरक्षा कायम र आपराधिक गतिविधि नियन्त्रण गर्न तनहुँ प्रहरी लागि पर्ने हालै तनहुँ आएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेक बहादुर कार्कीले बताएका छन् । एसपी कार्कीले जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको पत्रकारहरूसँग परिचयात्मक भेटघाट कार्यक्रममा बताएका हुन् । जिल्लालाई शान्तिपुर्ण जिल्लाको रुपमा चिनाउन प्रहरी, पत्रकार, नागरिक समाज लगायत सबैको सरसल्लाह र सहयोग लिएर लागिपर्ने एसपी कार्कीले बताएका छन् । पृथ्वी राजमार्गमा तिव्र भईरहेका दुर्घटनाका घटना, लागुऔषध ओसारपसारको ट्रान्जिट रहेकोले ति कुरालाई प्राथमिकता दिएर आफुले काम गर्ने एसपी कार्कीले जोड दिएका थिए । साथै पत्रकारसगको सहकार्यमा आम नागरिकतामा जनचेतना फैलाउने कार्य पनि गर्ने एसपी कार्कीले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?