तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान भेटिएको मृत पुरुषको परिचय खुलेको छ । ३०र३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा देखेपछि स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मुचुल्का पश्चात अनुसन्धान गर्दा मृत व्यक्ति चितवनको कालिका नगरपालिका वडा नं। १० छेरबाङ घर भएका १९ बर्षका को उत्तर कुमार प्रजा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिएका छन् । मृतक प्रजा लम्जुङको दोर्दी गाउपालिका वडा नं। ३ मा संचालित उत्तर देवी कृषि फर्ममा २०।२५ दिन अगाडी देखी काम गर्दै आएको भदौ २ गते दिउसो अन्दाजी १ बजे समयमा दोर्दी खोलामा पौडी खेल्न जाने क्रममा बगाएको भन्ने खुलेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दएका छन् ।








