तनहुँ । शुक्लागण्डकीको युनिक चोकमा भएको सवारी दुर्घटनामा घाईते ५० बर्षिय बिष्णु खत्रीको मृत्यु भएको छ । भाद्र ६ गते तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ युनिकचोक स्थित पृथ्विराजमार्गमा भएको दुर्घटनामा घाईते बिष्णु खत्रीको मृत्यु भएको हो । पोखराबाट बेलचौतारा तर्फ आउदै गरेको ग ३ च ३१९ नं.को योद्धा टाटा गाडी र विपरीत दिसा तर्फ जाँदै गरेको ग ९ प २९१२ नं. को पल्सर मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक पोखरा ७ बुद्धचोक बस्ने बिष्णु खत्री घाईते भएका थिए । खत्रीलाई जि. पि. कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराबाट पोखराको अस्पतालमा रिफर गरिएको थियो । पोखरामा उपचार सम्भव नभएपछि टाउको र दाँया हातमा लागेका खत्रीलाई मनमोहन मेमोरियल अस्पताल काठमाण्डौ लगिएको थियो । मनमोहन मेमोरियल अस्पताल काठमाण्डौैमा उपचाररत खत्रीलाई भाद्र ८ गते बिहान करिब ७ः ४५ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुबै सवारी र योद्धा गाडी चालक जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं. ६ वस्ने बर्ष २२ को दिलसिँह थापालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ।








