व्यास नगरपालिकाको गुमेको साख फिर्ता ल्याउनलाई मिडियाको साथ खोज्दै नयाँ प्रमुख प्रसाशकीय अधिकृत लम्साल

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिकाको गुमेको साख फिर्ता ल्याउनलाई मिडियाको साथ चाहिएको व्यास नगरपालिकाका नयाँ प्रमुख प्रसाशकीय अधिकृत सुकदेव लम्सालले बताएका छन् । आईतवारबाट व्यास नगरपालिकामा कार्य थालनी गरेका प्रमुख प्रसाशकीय अधिकृत सुकदेव लम्सालले व्यास क्षेत्रमा सक्रिय संचारकर्मीहरुसग भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् । उक्त अवसरमा प्रमुख प्रसाशकीय अधिकृत लम्सालले व्यास नगरपालिकालाई जनमैत्री बनाउनको लागि मिडियाको पनि उल्लेख्य भुमिका हुने भएकोले सकारात्मक म्यासेज बाहिर लगि सुधार गर्नुपर्ने कुराहरु आफुलाई सुनाई सुधार गर्न मौका दिन आग्रह गरेका थिए । उक्त अवसरमा पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी, पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्षद्धय ओमकार आचार्य, प्रकाशचन्द्र भट्टराई, प्रेस चौतारी गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमलसेना लगायतका पत्रकारहरुले व्यासमा धेरै विवादित कामहरु भईरहेको र प्रमुख प्रसाकीय अधिकृतलाई टिक्न नदिने समस्या रहेकोले त्यसबाट बचेर अमिट काम गरेर बिदाई हुन शुभकामना दिएका थिए ।
व्यास नगरपालिका वडा नं. ८ बचांग्दीका बासिन्दा सुकदेव लम्साल यसभन्दा अगाडी चितवनको रत्ननगर नगरपालिकामा कार्यरत थिए र उक्त पालिकामा कार्यरत रहदा लम्सालले सुशासन कायम गर्न र विकास निर्माणका काममा समन्वयकारी भुमिका खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?