शंकर भण्डारी र गोविन्दराज जोशी पक्षसग सम्बन्ध सुधार गर्ने व्यासका मेयर एवं तनहुँ कांग्रेसका नेता बैकुण्ठ न्यौपानेको संकेत

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिकाका मेयर एवं नेका तनहुँका निवर्तमान् सभापति बैकुण्ठ न्यौपानेले नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री शंकर भण्डारी र नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षसग सम्बन्ध सुधारको संकेत गरेका छन् । उक्त कुराको खुलासा तनहुँ कांग्रेसका नेता एवं व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले आज दमौलीमा दमौली एफ् एम् आयाजनामा भएको तिज गित प्रतियोगिताको शुभकामना दिने क्रममा  व्यक्त गरेका हुन् । उक्त अवसरमा मेयर न्यौपानेले बजारमा ”पुर्वमन्त्री शंकर भण्डारी अतिथि भएर आएको ठाउँमा मेयर न्यौपाने आउदैन भनेर पनि भनेको” बताएका थिए साथै उक्त अवसरमा मेयर न्यौपानेले स्थानिय निर्वाचनका प्रतिष्पर्धी ”दिपकराज जोशी पनि आउने भनेर आफु कार्यक्रममा  आएको” बताएका थिए । मेयर न्यौपानेले ”आफुसग आग्रह, पुर्वाग्रहको पर्खाल नभएको” पनि बताएका थिए । साथै उन्ले ”अहिले कित्ताकाटको समय भएकोले आफु त्यो अभियान चिर्न लागेको” बताएका थिए ।

पुर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी र मेयर न्यौपाने बिच जिल्लामा गुटगत लडाई छ भने नेपाली कांग्रेस तनहुँको जिल्ला अधिवेशनमा सभापतिका उमेदवार एवं तत्कालिन जिल्ला सभापति बैकुण्ठ न्यौपानेलाई हराएर जितप्रकाश आलेलाई जिताउन भण्डारीले प्रमुख भुमिका खेलेपछि नेपाली कांग्रेसकै दुई नेताबिच जिल्लामा तिक्तताको अवस्था कायमै रहिरहको देख्न सकिन्छ । त्यसैगरि पुर्वमन्त्री एवं नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी पुत्र दिपक जोशी र जोशी कांग्रेस तनहुँसग त लामो समयदेखि व्यासका मेयर न्यौपानेको ३६ को आँकडा रहेको छ ।  मेयर न्यौपानेको आजको मन्तव्य व्यासमा मेयरको कार्यकाल सकिन थोरै समय बाँकी रहदा अघिल्लो चुनावको लागि सम्बन्ध सुधार गरेर अगाडि बढ्न खोजेको बुझ्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?