तनहुँमा तिज गित प्रतियोगितामा बर्षैपिच्छे विवादै विवाद

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । केहि दिन अगाडी व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले मन्चबाटै तिज गीत प्रतियोगिता गर्नु राम्रो कार्य भएको तर प्रतियोगिताका नाममा पुरस्कार आफु र आफ्ना चिनजानका लागि मात्र दिनु राम्रो नभएको बताएको थिए । नगर प्रमुख न्यौपानेको ईशारा उक्त प्रतियोगितामा प्रथम पुरस्कार जनप्रतिनिधिको टोल, दोश्रो पुरस्कार निर्णायकको टोल र तेश्रो पुरस्कार कार्यक्रम संचालकको टोललाई दिईएको तर्फ थियो सो बारेमा पुरस्कृत रहेका धेरै टिमले गुनासो गरेपछि नगर प्रमुख न्यौपानेले बोलेका थिए । पुरस्कार पाउने प्रतियोगिहरु खुशी हुने र पुरस्कृत हुन नसक्नेहरु दुः खी हुने र विरोधमा उत्रने संस्कार भएपछि पछिल्लो समयमा त्यसैगरि अन्य स्थानमा भएका प्रतियोगिताहरु पनि विवादित बनेको छ । तनहुँमा सर्वाधिक पुरस्कार पुरस्कार राशीको बन्दीपुर हिल प्रा.लि. (बन्दीपुर केवलकार) ले आयोजनाको प्रतियोगिता पनि चरम धाँधली भएको, मान्छे हेरेर पुरस्कृत गरिएको भनेर लाखौ रकम पारिश्रमिक लिएर निर्णायक भएका व्यक्तिहरुका विज्ञतामाथि पनि प्रश्न उठिरहेका छन् । एउटा विशुद्ध व्यापारिक संस्थाबाट आयोजना गरिएको बिशाल प्रतियोगितामा सानातिना कुराहरु हुदै गर्दछन् तर पनि आजकलका तिज गित प्रतिायेगिताहरु संस्कार र संस्कृति संरक्षण गर्न आयोजना गरिने बताएपनि प्रतियोगिताको मुख्य उद्धेश्य व्यापार चलाउने वा पैसा बटुल्ने नै रहेका छन् । तिज गित प्रतियोगितामा आउने अतिथिबाट पैसा निकासा गराउन पाईने, विज्ञापन, सहयोग स्वरुप आर्थिक लाभ लिन पाईने र आफ्नो कम्पनीको प्रचार प्रचार हुने भएकोले पनि धेरै निजी कम्पनी तथा संघसंंस्थाहरु आजकल तिज प्रतियोगिता गर्न आर्कषित भईरहेका छन् । पुरस्कार पाउने खुशी हुने , नपाउने आक्रोशित हुनु नौलो नभएपनि सुहाउदो र अन्य मानिसहरुले पनि हेर्दा यत्तिको ठिकै हो भन्ने प्रतियोगिहरुलाई पुरस्कृत नगरिकन आ आफ्ना नजिकका र आफुलाई मनपर्ने समुहलाई पुरस्कृत गर्दै जाने र बर्षैपिच्छे विवाद बढाउदै जाने हो भने तिज गित प्रतियोगिताको रौनक अझै घट्नेछ जस्को लागि प्रतियोगिहरुमा आत्ममुल्यांकन गर्ने शक्ति चाहिन्छ भने आयोजकले पनि निष्पक्ष गर्न सक्ने निर्णायक राख्नु पर्ने जरुरी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?