पैसाको अभावमा छटपटाईरहेका बोनम्यारो क्यान्सर पिडित १६ बर्षिय बिकेन खत्रीलाई बचाऔं

माधब पौडेल
  • ख-
  • ख+

माधब पौडेल। कीर्तिपुर । बोनम्यारो ट्रान्सप्लान्ट गर्न रकम अभाव भएपछि काठमाण्डौको कीर्तिपुर नगरपालिका वडा नं. ४ दुधपोखरीका बिकेन खत्री बेडमा छटपटाईहरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएको कारण बोनम्यारो क्यान्सरबाट पिडित खत्रीले उपचार गर्न सकिरहेका छैनन् । कीर्तिपुरमा रहेका विभिन्न संघसंस्था र मुरारी बिष्ट लगायतका व्यक्तिहरुले बोनम्यारो क्यान्सर पिडित बिकेन खत्री बचाउ अभियान संचालन गरेर रकम संकलन गरेपनि पर्याप्त रकम संकलन नहुदाँ बोनम्यारो ट्रान्सप्लान्ट गर्न नसकिएको खत्रीका बुबा रोशन खत्रीले बताएका छन् ।
१६ बषिर्य बोनम्यारो क्यान्सर पिडित बिकेन खत्रीलाई बचाउन चाहाने र निजलाई सहयोग गर्न चाहने ब्यक्ति खत्रीका बुबा रोशन खत्रीको मोवा्रईल नम्बर ९८४९४२१०३६ र ९८०३१८१६३१ मा सम्पर्क गर्नका साथै नेपाल ईन्भेष्टमेन्ट मघा बैक कीर्तिपुर शाखाको रोशन खबत्रीको खाता नं. ०५२ ०५२ ७०२ ५१८ २२ मा सहयोग रकम हाल्न सकिनेछ ।
बोनम्यारो क्यान्सर पिडित बिकेन खत्रीको बोनम्यारो ट्रान्सप्लान्ट गर्न १ करोड २० लाख रुपैयाभन्दा बढि रकम लाग्ने चिकित्सिकले बताएको खत्रीका बुबा रोशन खत्रीले बताएका जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?