बस–मोटरसाइकल ठोक्किँदा तनहुँ भिमाद–२ का किसान बि. क.को मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

भदौ १६ – नारायणगढबाट लमजुङ चितितर्फ गइरहेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प६९९२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक तनहुँको भिमाद नगरपालिका वडा नं. –२ का किसान बि. क.को मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा भएको दुर्घटनामा घाईते बि. क. को मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?