तनहुँ । तनहुँको थर्पूमा सबारी दुर्घटनामा परेका विजय थापाको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पु बजार स्थित पृथ्बिराजमार्गमा पोखराबाट दमौलीतर्फ आउदै गरेको ग.२१प ३०३६ न।को स्कुटर र बिपरित दिशा जादै गरेको गरेको गरेको ग.२३ प ८००७ न।को स्कुटर एक आपसमा ठक्कर खाई घाईते भएका म्याग्दे ७ का ३२ बर्षिय बिजय थापा क्षेत्रीको मृत्यु भएको हो । दुर्घटना हुदाँ घाईते क्षेत्रीको अनुहारमा,बायाँ खुट्टामा चोट लागेको थियो । उपचारको क्रममा रहेका क्षेत्रीलाई २३ः ४२ बजे मृत घोषणा गरेका थिए ।
घटना पश्चात पोखरा महानगरपालिका २० बर्षिय सहनशिल थापा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।








