साहसिक निर्णय गरेको बताउने मन्त्री भगवतीले दृष्टिविहीन कर्मचारीलाई सिंहदरवारबाट लखेटेर पुर्याइन् दोलखा !

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । कैदिन १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी १०५ नगरपालिका र ८६ गाउँपालिकामा निमित्त हटाएर पदपूर्ति गर्दै साहसिक निर्णय गरेको बताउने मन्त्री भगवती न्यौपानेले दृष्टिविहीन कर्मचारीलाई सिंहदरवारबाट लखेटेर दोलखा पुर्याएकी छिन् ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गतसाता १२२ उपसचिवको सरुवा गर्दा दृष्टिविहीन उपसचिव निरा अधिकारीलाई दोलखाको भीमेश्वर नगरपालिका पुर्याएकी हुन् । दृष्टिविहीन उपसचिव निरा अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सरुवा गरेर दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ। यसै बिषयमा उपसचिव निरा अधिकारीग सम्पर्क गर्दा सम्पर्क हुन सकेन भने भिमेश्वर नगरपालिमा कार्यरत रहि भक्तपुर सरुवा भएका प्रमुख प्रशाकीय अधिकृतका बिशकसेन ढकालसग सम्पर्क गर्दा उपसचिव निरा अधिकारी यहाँ आई नपुगेको र नगरप्रमुखले केहि समय यही कार्यरत रहन आग्रह गरेकोले आफु सरुवा भएको ठाँएमा गईनसकेको बताएका छन् । 
दृष्टिविहीन उपसचिव अधिकारीलाई सिंहदरबारबाट लखेटेको भनेर मन्त्री न्यौपानेको आलोचना भइरहेको छ। दृष्टिविहीनलाई कर्मचारीलाई दोलखाको भीमेश्वर लखेटेर न्यौपानेले ‘बहादुरी’ प्रदर्शन गरेको भन्दै  कर्मचारी पनि असन्तुष्ट बनेका छन्। देशभरका स्थानिय निकायमा नियम अनुसार सरुवा  गरेको प्रचार गरेपनि मन्त्री न्यौपानेले आफ्नो गृहपालिका तनहुँको भानु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गौतम भण्डारीको कार्यकाल १ बर्ष पनि नपुगिकन सरुवा गर्नु र पुर्वमन्त्री पद्यमा अर्यालको गृहजिल्लाका २ पालिकाका प्रमुख प्रशाकीय अधिकृतहरुको समय गुज्रदा पनि सरुवा नगरिकन थमौति गर्दा मन्त्री न्यौपानेले भन्ने एकथोक र गर्ने अर्को थोक भनेर राजनीतिकवृतमा कुरा भईरहेको छ । मन्त्री न्यौपाने ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ प्रस्तावमा पनि समितिको निर्देशन विपरित उमेर हदवन्दी सम्बन्धि कुरामा भिन्न् मत अगाडि बढाउन खोजेर विवादमा आएकी थिईन् पछि न्यौपानेले कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएन भनेर स्पष्टिकरण दिनुपरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?