तनहुँ । तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसको संचालक समितकिो निर्वाचन नजिकिदै संचालक समितिमा सहमति गर्न नेपाली कांग्रेसको पार्टी कार्यालय दमौली बजारमा ४ दलको मिटिगं बसेको छ । आज दिउसो बसेको मिटिगंमा नेपाली काग्रेस तनहुँका नेताहरु लक्ष्मीभक्त खनाल, सहदेव अधिकारी, हुतमणी अधिकारी, नेकपा एमाले तनहुँका नेताहरु हरिराज कढेंल, प्रदिपराज अधिकारी तुलसीराम पाण्डे, नेकपा माओवादी केन्द्रका नेतााहरु अतेन्द्र केशरी न्यौपाने, बसन दरै, गोपाल सुर्खाली, नेकपा समाजवादीका नेताहरु मंगलप्रसाद श्रेष्ठ र गजिन्द्र पन्थको उपस्थिति रहेको थियो । उक्त बैठकको मुख्य उद्धेश्य संचालक समितिको अध्यक्षमा कुनै व्यक्तिको नाममा सहमति गर्ने भएपनि कुनै सहमति हुन सकेन। बैठकमा सहभागी एक नेताले नाम नछाप्ने सर्तमा आधिकारिक निर्णय गर्न सक्ने व्यक्ति नभएको कारण सहमति नभएको बताएका छन् ।
बर्षौ अगाडिदेखि आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी बनाउन पहल गर्न खोजेपनि उक्त योजना सफल हुन पाएको छैन भने बढ्दो कर्मचारी संख्या र घट्दो आम्दानीका श्रोतले गर्दा १०० मिटरको दुरीमा निर्मल माध्यमिक विद्यालय रहेपनि विद्यालयस्तरको पढाई पनि संचालन गरिएको छ । अब आदिकविमा आउने नेतृत्व सामु क्याम्पसलाई आत्मनिर्भर बनाउनुका साथै बषौदेखि मानक विश्वविद्यालय बनाउने चन्दादाताहरुको सपनालाई पुरा गर्नुपर्ने चुनौति रहेको छ ।
क्याम्पस सञ्चालक समितिको निर्वाचन भदौ २० गते बिहान ८ बजेदेखि दिनको ३ बजेसम्म क्याम्पसमा हुनेछ। क्याम्पस सञ्चालक समितिका सदस्यहरूमध्येबाट यस वर्ष सदस्यता नवीकरण अथवा अध्यावधि गरेका ७८८ जना साधनसभाका सदस्यहरुले क्याम्पस सञ्चालक समितिको निर्वाचनमा सञ्चालक समितिको अध्यक्ष सदस्य र क्याम्पस पुस्तकालय समितिको संयोजक सदस्य र क्याम्पस आन्तरिक लेखा परीक्षण समितिको संयोजक र सदस्य पदहरूमा मतदान गर्नेछन् ।
उक्त निर्वाचनमा संचालक समितिको लागि अध्यक्ष पदको लागि कमलामोहन वाग्ले, केशबहादुर सुनार, चुडामणी दाहाल, ठाकुर दरै लगायत अन्य व्यक्तिहरुको उमेदवारी रहने सम्भावना रहेको छ ।








