तनहुँ । सत्ता परिवर्तन हुने गरि भएको Gen-Z हरुको आन्दोलनमा तनहुँका १ युवाको मृत्यु भएको खबर बाहिरिएको छ । उक्त आन्दोलनमा मृत्ु हुनेमा तनहुँको भानु नगरपालिका वडा नं. १२ कवाजित घर भई हाल काठमाण्डौ बस्ने ईश्वत अधिकारी भएको खबर बाहिरिएको हो । मृतक अधिकारी अर्थ मन्त्रालयका पूर्व सह–सचिव, गाउँसेवा कोषका संस्थापक तथा समाजसेवी स्वर्गिय भिमबहादुर अधिकारीका नाति तथा नेपाली सेनाका पूर्व मेजर ईश्वर बहादुर अधिकारीका कान्छा छोरा रहेका छन् । अधिकारीको भ्रष्टाचारविरुद्ध Gen-Z ले आह्वान गरेको शान्तिपूर्ण आन्दोलन मा सहभागी हुने क्रममा भदौ २३ गते गोली लागेर भएको हो ।
(तस्विर तथा समाचारः मनोजकुमार श्रेष्ठको सहयोगमा)








