दमौली बजार नजिक मृत भेटिएको महिलाको सनाखत हुन सकेन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ / तनहुँको सदरमुकाम दमोैली बजार नजिक तालघरेमा मृत भेटिएकाी महिलाको सनाखत हुन सकेको छैन । गत भदौ २३ गते व्यास नगरपालिका वडा नं. १ तालघरे डिहिगाउँ जाने बाटोको भाईरल पुल मुनि भेटिएको अन्दाजी ३०/३५ बर्षको महिलाको पहचिान नखुलेको जिल्ला प्रहरी तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव निरिक्षक अशोक थापा ले जानकारी दिएका छन् । साथै सूचना अधिकारी एवं प्रहरी नायव निरिक्षक थापाले भेन्टा कलरको टिसर्ट लगाएकी, टिसर्टको अगाडि गुडियाको चित्र भएकी अन्दाजी ५ फिट २ ईन्च अग्लि, अन्दाजी ३०/३५ बर्षकी महिलाको बारेमा कसैले चिनेको भए जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क राख्न पनि अनुरोध गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?