जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्रीमा रास्वपाले समर्थन गर्ने

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । जेनजीसहितको अनिवार्य सहभागीतामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने नाएको छ ।
पार्टीको बिहीबार बसेको भर्चुअल केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । रास्वपाले लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग कहिल्यै सम्झौता नगरिने प्रष्ट पारेको छ । बिहीबार पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले तात्कालिक भन्दै तीन वटा प्रस्ताव अघि सार्दै यस्तो बताएका हुन् ।
संविधानको धारा ८३ अन्तर्गत सङ्घीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूपपछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरूप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबिच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ,रास्वपाले अघि सारेको प्रस्तावमा भनिएको छ ।
गत सोमबार जेनजीको आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात् भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरूमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणका लागि स्वतन्त्र आयोगहरूको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन रास्वपाले आव्हान गरेको छ ।
सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो समर्थन रहको समेत बताएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?