पोखरा । पोखरा महानगरपालिकाका कार्यालयहरु ले १ असोजदेखि संचालनमा आउने भएका छन् । जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनामा पुगेको क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिन थाल्ने पोखरा महानगरपालिकाले जनाएको छ । ।
शनिबार बसेको ५२ औं कार्यपालिकाको भर्चुअल बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो ।
‘असोज १ गतेभित्र महानगरको प्रशासनिक भवन, महाशाखा, वडा कार्यालयहरुमा पुगेको क्षति, कागजात र दस्तावेजको अवस्था र बाँकी रहेका संरचनाको विवरण संकलन गर्ने निर्णय भएको छ । कास्की समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन युएई पुगेका मेयर धनराज आचार्य दुवईमै रहेका छन् ।








