ट्वाईलेटमा लडेर दमौलीका फुटबल रेफ्री ३१ बर्षिय विजय रानाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ — व्यास नगरपालिका वडा नंं २ निवासी फुटबल रेफ्री ३१ बर्षिय विजय रानाको ट्वाईलेटमा लडेर मृत्यु भएको छ। ट्वाईलेट लडेका रानालाई घरपरिवारले  ट्वाईलेटको ढोका फुटाली उपचारका लागि प्रदेश अस्पताल दमौली लगेका थिए । अस्पताल पुगेपछि चिकित्सकले रानालाई मृत घोषणा गरेका थिए।
राना लामो समयदेखि स्थानीय फुटबल प्रतियोगितामा रेफ्रीका रूपमा सक्रिय  रानाको निधनले तनहुँको खेलकुद क्षेत्रका साथै एउटा असल व्यक्ति गुमाएको रानाका सहपाठी मनोज राउतले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?