कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ ।
उपचारको क्रममा आज बिहान २ बजेर ५८ मिनेटमा उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
गत कार्तिक दोस्रो साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
बम बिस्फोट सम्बन्धि मुद्दा मा उच्च अदालतले सफाइ दिएपछि जेठ १४ अदालतबाट रिहा भएपछि उनी बिरामी भएका थिए ।
२०६४ को चुनावी तयारीको क्रममा रौतहटमा बम बिस्फोटमा घाइते भएकोहरुलाई जिउँदै इट्टा भट्टामा जलाएर मारेको उनलाई आरोप थियो ।
उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि गत जेठमा उनी थुनामुक्त भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्