सरकारलाई सुनिल शर्माको आग्रहः रविजी भाग्नुहुन्न, म दुई वटा ल्याप्चे लगाएर जिम्मा लिन तयार छु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले रास्वपा सभापति रवि लामिछानेलाई अघिल्लो सरकार प्रतिशोध राखेर थुनामा पठाएको आरोप लगाएका छन्।
नख्खु कारागार पुगेर रविलाई भेटेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अघिल्लो सरकारले गरेको आपराधिक निर्णयहरू फिर्ता लिन सरकारसँग माग गरे।
उनले भने, ‘सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूलाई भन्न चाहन्छु, तपाईँहरूले मुद्दा फिर्ता लिँदा रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्। म दुई वटा ल्याप्चे लगाएर रविजीलाई निकाल्न म तयार छु।’
उनले सहकारी पीडितहरूको पैसा फिर्ता हुने सुनिश्चिततासहित रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन माग गरे।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?