चैत्र ३, तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार उनले निर्वाचन अभियानमा कुल २६ लाख ७४ हजार २१९ रुपैयाँ ६८ पैसा खर्च गरेका छन्। न्यौपानेले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै खर्च विवरण सार्वजनिक गरिएको बताएका छन्। उनका अनुसार निर्वाचन आयोगले तोकेको मापदण्डभित्र रहेर प्रचार–प्रसार, सभा–समारोह, सवारी साधन, स्वयंसेवक व्यवस्थापन तथा सामग्री उत्पादनमा खर्च गरिएको हो। निर्वाचनमा अत्याधिक मतसहित विजयी भएका न्यौपानेले विकास, सुशासन र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनको खर्च विवरण सार्वजनिक गर्ने कदमलाई पारदर्शी राजनीतिक अभ्यासको रूपमा हेरिएको छ।









