NRNA को लगानी र प्रविधिबाट उर्जा र अौधोगिक क्षेत्रमा गति दिने जोड

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं — गैरआवासीय नेपाली संघ (NRNA) का वर्तमान अध्यक्ष डा. हेमराज शर्मा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष बद्री केसी तथा अन्य पदाधिकारीहरूले माननीय अर्थमन्त्रीसँग भेट गरी नेपालमा लगानी भित्र्याउँदा सामना गर्नुपरेका कानुनी जटिलताबारे जानकारी गराएका छन्।

उक्त भेटमा सहभागी एक व्यक्तिले नेपालको आर्थिक वृद्धिदरमा NRNA को भूमिकाबारे धारणा राख्दै लगानी, प्रविधि, सीप तथा अन्तर्राष्ट्रिय सञ्जाललाई देशको विकास र जनहितमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

उनले “जब बिजुली बल्छ तब उद्योग चल्छ, जब उद्योग चल्छ तब रोजगारी सिर्जना हुन्छ, र जब रोजगारी सिर्जना हुन्छ तब मात्र अर्थतन्त्र उकासिन्छ” भन्ने विचार प्रस्तुत गर्दै NRNA को कोषलाई विशेषगरी ऊर्जा उत्पादन र खपत तथा स्वदेशी कच्चा पदार्थमा आधारित ठूला उद्योग स्थापना गर्न केन्द्रित गर्न सुझाव दिएका छन्।

त्यसैगरी, NRNA ले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग लगायतका क्षेत्रमा विश्वका पछिल्ला नवीनतम प्रविधि नेपालमा भित्र्याई उपयोग गर्न सहकार्य गर्नुपर्नेमा समेत जोड दिइएको छ।

“NRNA ले लगानीसँगै प्रविधि हस्तान्तरण, सीप विकास र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमार्फत नेपालको ऊर्जा तथा औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ” सांसद न्यौपानेले भन्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्