नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट सिटौला आउट

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । नेपाली कांग्रेसले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई जिम्मेवारी दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलको विधान बमोजिम नेपाली कांग्रेसका संसदिय दलका नेता भिष्मराज आङदेम्बेले राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् ।
विशेष महाधिवेशनको विरोधमा उभिएका सिटौलालाई हटाएर विशेष महाधिवेशनको पक्षधर पन्तलाई ल्याईएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्