काठमाडौं । तनहूँका भरत गुरुगं र दिपेन्द्र थापाले गोरखाको साथीसग मिलेर काठमाण्डौमा सुनसरीका अमर लिम्बुलाई कुटपिट गरेका छन् । श्रीमतीसगै हिडेका लिम्बुकी श्रीमतीलाई जिस्क्याउदा लिम्बुले प्रतिकार गरेपछि उनीहरुले कुटपिट गरेको महानगरिय प्रहरी वृत्त महाराजगंजले जनाएको छ । काठमाण्डौको नयाँ बसपार्कको दोश्रो गेट नजिकै उनीहरु ३ जना मिलेर १ जनालाई कुटेका थिए । महानगरिय प्रहरी वृत महाराजगंज र महानगरिय प्रहरी प्रभाग गोगंवुबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेहरु तनहूँको बन्दिपुर गाउँपालिका वडा नं .६ का भरत गुरुगं र शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का दिपेन्द्र थापा र गोरखाका सोमबहादुर गुरुगं छन् ।








