अज्ञात समूहद्धारा गोली प्रहारः कोईराला घाईते

  • ख-
  • ख+

जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् ।

जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको आचार्यले बताए ।

गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा बुधबार राति करिब ७ः३० बजेतिर उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले बताए । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?