फोटो विक्रीबाट वहाँको उपचारमा आर्थिक सहयोग हुने विश्वास
तनहूँ । क्यान्सर रोगबाट पिडित विकास दरैको सहयोगको लागि दमौलीमा फोटो प्रर्दशनी गरिदैछ । उत्तः अवसरमा क्यान्सर रोगी बिकास दरैबाट खिचिएका फोटोहरु प्रर्दशनीमा राख्न लागिएको हो । उक्त प्रर्दशनीमा राखेका फोटोहरु बिक्री गरेर बिकासको उपचारमा सहयोग पुग्ने उक्त प्रर्दशनीको व्यवस्थापनमा खट्नुभएका बिकासका साथी राम श्रेष्ठले बताउनुभएको छ । वहाँले बिकास एकदमै सम्भावना भएको फोटाग्राफर भएको र ३,४ बर्षदेखि क्यान्सरको उपचारको लागि कहिले विभिन्न अस्पतालमा धाइरहेकोले फोटो खिच्न पनि नभ्याउने र आर्थिक अभावमा छटपटिएको हुनाले साथीभाई मिलेर उपचार सहयोगको लागि फोटोहरुको प्रर्दशनी गर्न लागिएको र त्यसबाट केहि रकम संकलनको आशा लिएको बताउनुभएको छ ।
हाल बिकासको भारतको दिल्लीस्थित गान्धी क्यान्सर ईन्स्टिच्युट तथा रिसर्च सेन्टर ईन्डियामा उपचार भई रहेकोछ । उक्त अस्पतालमा दैनिक खर्च १० हजार भारु लाग्ने र किमो गर्दा एक पटकमा ३० हजार भारु लाग्ने परिवार स्रोतले बताएको छ।
चैत्र २० गते शुक्रवार दमौलीको अनसन चौतारीमा ११ बजेदखि ५ बजेसम्म आर्थिक अभावसगै क्यान्सर रोगसग जुधिरहेका बिकास दरैद्धारा खिचिएका तस्विरहरु प्रर्दशनीमा राखिनेछ । बिशेष गरि प्राकृति, सांस्कृतिक तस्विर खिच्न पोख्त फोटोग्राफरका रुपमा परिचित दरैको गीत संगीतमा पनि रुची राख्नुहुन्थो ।









