दमौली बजार एकाइ समितिको सभापतिमा भुपाल निर्वाचित, उप सभापतिमा राजेश (भिडियो सहित)

  • ख-
  • ख+

तनहूँ । तनहूँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको सभापतिमा भुपाल आले निर्वाचित हुनुभएको छ । आले तनहूँ जिल्लाको सदरमुकाम दमौलीका व्यवसायीहरूको छाता सङ्गठन तनहूँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइ समितिको सभापतिमा निर्वाचित भएका हुन् । आले निकटतम प्रतिद्धन्दी रहनुभएका सुकनारायण मल्लले २ सय २८ मत प्राप्त गर्दा आलेले २ सय ७२ मत प्राप्त गरि विजयी हुनुभएको हो । उक्त निर्वाचनमा अध्यक्ष पदका अर्का प्रत्यासी दधिराज घिमिरेले २ सय नै मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रत्यासी विन्दुलाल श्रेष्ठले १ सय ३ मत पाउनुभएको थियो । ।

उक्त अधिवेशनले अत्यधिक मतका साथ उपसभापतिमा राजेश मल्ललाई निर्वाचित गरेको छ । वहाँका प्रत्यासी विजय पौडेलले १ सय ९५ मत प्राप्त गर्दा मल्लले ५ सय ४१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि तनहूँ उद्योग वाणिज्य संघ दमौली बजार ईकाईको कोषाध्यक्षमा किन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ २ सय ५८ मत प्राप्त गर्नुभएको हो। कोषाध्यक्षका अन्य प्रत्यासीहरुले क्रमश भरतकुमार श्रेष्ठले २ सय ३९ , अन्जु दाहालले २ सय २९ र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरि सदस्यहरुमा भरत पराजुली, बिष्णुकुमार श्रेष्ठ, ब्रजेश शाह, पिदक राई, लालप्रसाद प्रधान, महम्मद सलिम मियाँ, नारायण मल्ल, प्रकाश श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, सुनिल श्रेष्ठ र युगराम भण्डारी निर्वाचित हुनुभएको छ ।

शनिवार भएको निर्वाचनमा कुल ८ सय ३५ मत खसेको थियो ।
(सभापतिमा निर्वाचित भुपाल आलले निर्वाचन अगाडि गरेको वाचाको भिडियो सहित )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?