नेकपा एमाले केन्द्रमा भिडन्त तनहूँ जिल्लामा पार्टी प्रवेशको लहर

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेका नेताहरु केन्द्रमा आ आफ्नो वर्चश्व कायम गर्न भिडन्त गरिरहेपनि उक्त पार्टीका तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद जिल्लामा अरु पार्टीका कार्यकर्ताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउदै फ्लमाला लगाउदै हिड्नु भएको छ । नेकपा एमालेका युवा नेता एवं तनहूँ जिल्ला क्षेत्र नंं १ का सांसद कृष्णकुमार श्रेष्ठ ” किसान”ले सोमवार व्यास नगरपालिकावडा नं. १२ वेनिकोटमा नेपाली कांग्रेस परित्याग गर्ने ५० जनालाई नेकपा एमालेमा स्वागत गर्नुभएकोथियो । उक्त अवसरमा वहाँले ”देशमा आर्थिक समृद्धि गर्ने बिकास गर्ने, सबैको कुरा सुन्ने नेकपाएमाले हो भनेर पार्टीमा आउने साथीहरुलाई बिकासको काममा खटिएर लाग्न’‘ आग्रह गर्नुभएको थियो साथै वहाँले ”पार्टीमा अवसरवादी चरित्रहरु हावी खोजेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको देश बनाउने भिजनले गर्दा कालान्तरमा पार्टी र देशलाई फाईदा पुग्ने ” बताउनुभएको थियो ।उक्त अवसरमा नवप्रवेशीहरुले माननिय किसानको बिकास गर्ने शैली र सबैलाई एकरुपले हेर्ने बानीले गर्दा पार्टी प्रवेश गरेको बताउनुभएको थियो । उक्त कार्यक्रममा स्थानियले ”केन्द्रमा पुगेका जनप्रतिनिधिहरुलाई महिनैपिच्छे भेटघाट गर्न र देख्न पाँउदा खुशी लागेको ” भन्दै गाउँका समस्याहरु सुनाउनुभएको थियो । तत्पश्चात सांसद श्रेष्ठले गाउँका समस्या हल गर्न आफुले कदम चाल्ने बताउनुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने, नेकपा एमाले तनहूँका सल्लाहकार माधब बहादुर पन्त लगायतका नेता तथा कार्यकर्ताहरुको संलग्नता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?