ढुगांखानीका गार्डले मान्छे लगाएर स्थानिय युवा कुटे, नावालक सहित ५ घाईते

  • ख-
  • ख+


२ जनाको पोखरामा उपचार हुदै, वनक्षेत्रमा आगलागि बिषयमा आक्रमण, आगलागि पश्चात ठुलो क्षति पुगेको स्थानियको भनाई

तनहूँ । व्यास नगरपालिका वडा नं. १० खहरेमा रहेको बाराही क्वारी (ढुगां खानी) का सेक्युरिटी गार्डको संलग्नतामा व्यास नगरपलिका वडा नंं १० का १ जना नाबालक सहित ५ जना माथि कुटपिट भएको छ । नयाँ बर्ष २०७८ को दिनमा खोलामा माछा मारेर घर फर्कदै गर्दा उक्त ढुगां खानी नजिकैको चापेगैरा सालथुम्कि सामुदायिक वनमा आगोे लागेको देखेपछि स्थानिय युवाहरुले ढुगां खानीका गार्डसग सामान्य भाषामा आगो कस्ले लगाएछ भनेर जिज्ञासा राख्दा गार्डले फोन गरेर अन्य युवाहरु बोलाई राति ८ बजेको समयमा निजहरुलाई निर्घात कुटपिट गरेको उक्त सामुदायिक वनका सचिव जीवन पोख्रेलको भनाई रहेको छ । साथै उक्त समयका ४ जना युवाहरु ज्यान जोगाएर भाग्न सफल भएको र १२, १३ बर्षका नाबालकलाई कुटपिट गर्ने समुहले कुटपिट गर्दै समातेर राखेको र केहि समयपछि छोडेको पोखरेलको भनाई रहेको छ ।
कुटपिट गर्दै गर्दा उम्किएर घर पुगेका घाईते युवाहरु मध्ये नावालकको घाटीमा निलडाम देखिएको अन्य युवाहरुलाई तत्कालै उपचारको लागि दमौली अस्पताल लगिएकोमा २ जना सामान्य उपचारपछि घर फर्केको र २ जनालाई गम्भिर चोट लागेकोले पोखरा पठाईएको पनि वहाँले बताउनुभयो ।
बुधवार रातिको घटना भएको कार बिहिवार बिहान सामुदायिक वनका अध्यक्ष भद्र मगर सहितको टोली वनको आगलागिको क्षति निरिक्षण कुटपिटको घटनाको बारेमा बुझ्न पनि गएको पोखरेलको भनाई रहेको छ । निरिक्षण पश्चात वनमा निकै ठुलो क्षति पुर्याउने मनसायले आगो लगाएको पाईएको छ । निरिक्षणमा गएको समुहले नियतवश आगो लगाएको पाईएकोले उचित क्षतिपुर्ति माग र स्थानिय युवाहरुलाई कुटपिट गरि फरार रहेका युवाहरुलाई तत्काल पक्रेर कारवाहि गर्न पनि माग गरेको छ ।
निकै लामो विवाद पछि संचालनमा आएको उक्त ढुगां खानीका सेक्युरिटी गार्ड संलग्न रहि घटाईएको उक्त कुटपिटको घटनामा १०, १२ जना युवाहरुको सहभागिता रहेको, रातिको समय भएकोले घटनामा संलग्न युवाहरुको पहिचान भईनसकेको पोखरेलको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?