तनहूँ उद्योग बाणिज्य संघको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ विजयी

  • ख-
  • ख+

तनहूँ । तनहूँ उद्योग बाणिज्य संघको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । शनिवार भएको निर्वाचनमा वहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी बैकुण्ठनाथ मिश्रलाई १४१ मतले पराजित गर्नुभएको हो । कुल खसेको १४९४ मत मध्ये श्रेष्ठले ८०६ मत र मिश्रले ६६५ मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा २३ मत बदर भएका थिए ।

जिल्लामा सक्रिय विभिन्न पार्टीका स्थानिय र केन्द्रीय नेता लगायत तनहूँ उद्योग बाणिज्य संघ पूर्व नेतृत्वले सर्वसम्मत गराउने कोशिस गर्दा गर्दै सर्वसम्मत गराउन नसकिएको अध्यक्ष पदमा मिश्र र श्रेष्ठको अत्यन्तै रोचक प्रतिष्पर्धा भएको थियो ।
अध्यक्षका प्रत्यासी दुबैजनानेपाली कांग्रेसको समर्थक भएपनि श्रेष्ठलाई सर्वसम्मत बनाउन र विजयी बनाउन नेपाली कांग्रेसका केन्द्रीय नेताहरु स्थानिय नेताहरुले गाउँ, टोल, वडादेखि क्षेत्र र जिल्लाका आफ्ना सबै समितिहरुमा घोषित तथा अघोषित उर्दी नै जारि गरेको अपुष्ट समाचारहरु प्राप्त भईरहेका थिए ।
व्यास नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा श्रेष्ठको परिवार लामो समयदेखि व्यापार व्यवसायमा संलग्न रहनुभएको छ ।
तनहूँ उद्योग वाणिज्य संघमा लामो समयसम्म कार्यसमितिका विभिन्न पदहरुमा रहनुभएका श्रेष्ठ तनहूँ उद्योग वाणिज्य संघको पूर्व महासचिव तथा हाल आमन्त्रित जिल्ला सदस्य हुनुहुन्छ । केहि बर्ष अगाडि तनहूँ उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षको पदमा पराजित हुनुभएका श्रेष्ठले दोश्रो पटकको प्रयासमा अध्यक्ष हुन सफल हुनुभएको छ । श्रेष्ठ व्यापारीहरु माझ नम्र र मिलनसार व्यापारीका रुपमा परिचित हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?