कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २ हजार ६ सय १८ संक्रमित थपिए

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ६ सय ६८ नमुनाको पीसीआर टेष्ट गर्दा २ हजार ४ सय ८६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ , त्यसैगरि सिमाक्षेत्रबाट नेपाल प्रवेश गर्ने १ हजार १ सय ४३ जनाको एन्टिजेन टेष्ट गर्दा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३ सय ५२, रुपन्देहीका २ सय६८, दाङका १ सय ७२ र ललितपुरका १ सय ४१ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकोको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?