उपत्यकाका सिडियोहरुको बैठकद्वारा १६ गतेबाट निषेधाज्ञा प्रस्ताव

  • ख-
  • ख+

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।

एक अधिकारी भन्नुहुन्छ , ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’
सीसीएमसीले पनि १६ गतेदेखि । लागु गर्न सुझाव दिएको थियो ।

संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?