काठमाडौंमा १ साता निषेधाज्ञाः काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्ने

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साता निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा सबै बन्द हुने भएको छ । अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध बोक्ने सवारी, फोहोरमैलाका सवारी विषय उल्लेख गरी सञ्चालन हुन पाउनेछन् । सभा, समारोहहरु लगायतका सम्पूर्ण कार्यहरु बन्द गर्न र काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने बताईएको छ ।
कोरोनाको संक्रमण द्रुत गतिमा फैलिएपछि सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भनिएको हो ।
यस्तै,काठमाडौंमा अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने पनि आदेशमा भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?