एउटै रुखमा युवा युवती मृत फेला

  • ख-
  • ख+

कास्की । पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा अन्दाजी ३०/३२ वर्षको युवा तथा अन्दाजी २८. ३० वर्षकी युवती मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं. ६ बुलौदी भन्दाभित्र पट्टि वडा नम्बर १८ को जङ्गलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान उनीहरू मृत अवस्थामा फेला परेको डिएसपी हमालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “जमिन देखि करिब ४/५ मिटरको उचाइमा रुखको एउटा हाँगामा सेतो कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको हो, मृतकहरूको पहिचान खुलिसकेको छैन।“

अहिले प्रहरी टोली घटनास्थलमा नै रहेको र अनुसन्धान भइरहेकाले आत्महत्या हो, होइन भन्नेबारे अनुसन्धान पश्चात् मात्र थाहा हुने उहाँले बताउनुभयो । (तस्विरः प्रतिकात्मक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?