तनहूँ । तनहूँको ऋषिङ्ग गाउँपालिका वडा नंं १ घारामा जिप दुुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १५ जना घाईते हुनुभएको छ । घाईतेहरुको दमौलीका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको र गम्भिर घाईतेहरुलाई पोखरा लग्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेनाले बताउनुभएको छ । उक्त दुर्घटनामा परि मृत्युु हुने अन्दाजी ३५, ३६ बर्षिय महिलाको सनाखत हुन बाँकी रहेको र थप विवरण आउन अझै बाँकि रहेको छ ।








