आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक र विद्यार्थीहरूका लागि भर्चुअल कक्षा सम्बन्धी तालिम

  • ख-
  • ख+

तनहूँ । आदिकवि भानुभक्त क्याम्पस दमौलीमा प्राध्यापकहरुका लागि भर्चुवल शिक्षण सम्बन्धी ४ दिने पुनर्ताजगी तालिम मंगलवार सुरुभएको छ । पहिलो दिन कक्षा ११ र १२ मा दिवा सत्रमा अध्यापन गर्नुहुने प्राध्यपकहरुका लागि आयोजित उक्त तालिमको शुरुवात गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले कोरोनाको दोश्रो चरणमा संक्रमण नफैलियोस् भन्नाका लागि व्यास नगरपालिकाले नगरपालिका क्षेत्रका सबै शैक्षिक संघसंस्थाहरुमा भौतिक उपस्थितिमा अध्ययन अध्यापन बन्द गरेका कारण अबका दिनदेखि क्याम्पसले भर्चुवल माध्यमले नै प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप गर्नुपर्ने राख्नुपर्ने बाध्यकारी अवस्था आएकाले सबै प्राध्यपकहरुले क्याम्पसमा उपस्थित रहेर भर्चुवल शिक्षण गर्नुपर्ने अवस्था आएको बताउनुभएको थियो । उक्त अवसरमा कक्ष ११ र १२ कार्यक्रम संयोजक चिरञ्जीवी बस्नेतले तालीमले भर्चुवल शिक्षण सिकाइलाई थप प्रभावकारी पार्ने विश्वास व्यक्त गर्नुभएको थियो । तालिममा सहभागी शिक्षकको लागि क्याम्पसको शिक्षण व्यवस्थापन सूचना प्रणाली शाखाका प्रमुख इन्जिनियर सुलभ कुमार श्रेष्ठले उक्त तालिमको सहजीकरण गर्नुभएको थियो । स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने प्राध्यपकहरुका लागि विहानी सत्रमा र कक्षा ११ र १२ मा प्राध्यापन गर्ने प्राध्यापकहरूको लागि सायमकालीन सत्रमा चार दिनसम्म तालिम सञ्चालनको ब्यावस्था मिलाएको छ। क्याम्पसले माइक्रोसफ्ट टिम्स सफ्टवेयरको माध्यमबाट अनलाइन शिक्षण गर्ने व्यवस्था मिलाएको छ । क्याम्पसले आगामी बैशाख १९ गते आइतबार देखि बिहानी, दिवा र सायम कालीन सत्रमा कक्षा ११ र १२, स्नातक र स्नातकोत्तर तहहरूका सबै कक्षाहरु अनलाइन माध्यमबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

त्यसै गरि मंगलवार दिउँसो कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि क्याम्पसमा स्नातक तहमा सुचना तथा सञ्चार प्रविधि शिक्षा ९द्यक्ष्ऋत्भ्० विषयमा अध्यनरत विद्याथीहरुको साझा सस्था एविआइटि ९ब्द्यक्ष्त्० क्लवको प्राविधिक सहायतामा कक्षा १२ नेपाली, कक्षा १२ अंग्रेजी, कक्षा १२ मानविकी र कक्षा १२ ब्यावस्थापन विषय समूहका विद्यार्थीहरुलाई अनलाइन शिक्षण सिकाइ सम्बन्धि अभिमुखिकरण कायक्रम सम्पन्न भएको थियो। उक्त अभिमुखीकरणमा माइक्रोसफ्ट टिमको सहायतावाट कसरी प्रभावकारी अनलाइन सिकाइका सम्बन्धमा क्लवका अध्यक्ष विकल श्रेष्ठले विद्यार्थीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

यसका साथै मंगलवार बिहान क्याम्पसमा कक्षा १२ मा विज्ञान र कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गरिहेका विद्यार्थीहरूको राष्ट्रिय परीक्षा बोर्डले व्यवस्था गरेको विद्यार्थी शिक्षण सिकाइ मुल्यांकनका आधारमा प्रक्टिकम परिक्षा सम्पन्न भएको छ । उक्त विषयहरूको सत्यवती माविका विज्ञान तथा कम्प्युटर विषयका शिक्षकहरुले परीक्षार्थी विद्यार्थीहरूको बाह्य परीक्षण गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?