पूर्व रानी कोमल शाह आइसियूमा

  • ख-
  • ख+

ज्ञानेन्द्र शाहको अवस्था सामान्य र स्थिर

रमेश पौडेल । काठमाडौं । कोरोना भाइरस ( कोभिड १९) बाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार गर्न थालिएको छ । वहाँको शरिरमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।

‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको रअहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारत भ्रमणबाट नेपाल फर्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण पुष्टि भएपछि उपचार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

अस्पतालका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ र अक्सिजनकै सामान्य सपोर्टमा बसिरहनुभएको छ । वहाँकी छोरी पूर्व अधिराजकुमारी प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?