रमेश पौडेल । काठमाडौं । सरकारबाट जारी निषेधआज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार समाचार तयार पार्दाको अवधिमा १९ सय २० सवारीलाई रोकर राखिएको छ र त्यो बढ्ने क्रममा छ ।
वहाँका अनुसार पासविना नै चलेका १ हजार ३ सय ५५ वटा मोटरसाइकललाई पनि बिहीबार नियन्त्रणमा लिइएको छ ।
त्यसैगरी ३ सय ८१ वटा साना जिप र कारहरु पनि निषेधाज्ञा उल्लङ्घन गरेका कारण रोकेर राखिएको बताईएको छ । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १ सय ८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको रोकेको छ । बिहीवार बिहानसम्म काठमाण्डौबाट मानिसहरु बाहिरिनेक्रम चलिरहे पनि उपत्यकामा चलाईएका सवारी साधनहरु नियन्त्रणमा लिईएको र साँझ ७ बजेपछि छोडिने प्रवक्ता अधिकारीको भनाई छ ।








