देउवाद्धारा बुढानिलकण्ठमा ३ बजे पत्रकार सम्मेलन गर्दै

  • ख-
  • ख+

रमेश पौडेल । काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । देउवाका सहयोगी भानु देउवाका अनुसार कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्नको लागि प्रर्व प्रधानमन्त्ती देउवाले आफ्नै निवास बुढानिलकण्ढमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । यस अघि नै कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको कांग्रेसले आरोप लगाउदै कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा कोरोना अनुगमन समिति गठन गरेको छ ।
देउवाका सहयोगी भानु देउवाका अनुसार बिशुद्ध कोरोना माहामारीको बिषयमा पत्रकार सम्मलेजन बताए पनि वर्तमान सरकार बिरुद्धको अविश्वासको प्रस्तावको बारेमा भएको प्रगतिको बारेमा पनि देउवाले बिशेष कुरा बोल्ने धेरैको आंकलन रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?