तनहूँ । तनहूँको बन्दीपुर गाउँपालिकाले आगामि १९ गतेदेखि विद्यालयस्तरको परीक्षा सञ्चालन गर्न सूचना निकालेपछि व्यापक असन्तुष्टि उत्पन्न भएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि नेपालका विभिन्न जिल्लामा लकडाउन भइसकेको अवस्थामा तनहूँ जिल्लाका सम्पूर्ण विद्यालयहरु मिलेर छिटोभन्दा छिटो परीक्षा सक्नेगरी पालिकाबाट आगामी असारबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने गरी परीक्षा मिति तोकिएको हुँदा जताततै बन्दा बन्दी सुरुभएको र कोरोना भाइरसको संक्रमण फैलदै गएको र शैक्षिक संस्था पनि कोरोनको हटस्पोट बन्न सक्ने भन्दै व्यापक असन्तुष्टि देखिएको छ।
असारबाट नयाँ शैक्षिकसत्र लागू हुने र जेष्ठ सम्म जसरी पनि यो शैक्षिक सत्र सक्नुपर्ने नयाँ व्यवस्था भएको र नयाँ पाठ्यक्रमलाई पनि सजिलैसँग अगाडि बढाउन सकिने भएको हुँदा स्वास्थ्यको मापदण्ड अपनाएर चार दिनमा सकौं भन्दै जिल्लाका स्थानीय तहहरू सबैको सहमतिमा यस्तो निर्णय भएको र यसलाई ठूलो इस्यु बनाउनआवश्यक नभएको र जिल्ला सुरक्षा समितिको निर्णय आए रोकिन सक्ने नत्र परिक्षा तालिका अनुसार हुने बन्दीपुर गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु खत्रीले बताए।
कोरोना भाइरसको दोस्रो भेरियन्ट चलिरहेको बेलामा यस्तो परीक्षाको निर्णय गरियो भनेर समाजिक सञ्जालमा निकै नैं असन्तुष्टीहरु पोखिएको छ। यसले विद्यार्थीहरुलाई मनोवैज्ञानिक असर पर्नसक्ने र स्वास्थ्य को हिसाबले पनि सुरक्षित नरहेको र भोलि आउन सक्ने परिस्थिको जिम्मा कस्ले लिने भनेर बेलैमा सोच्नुपर्ने तर्कहरू प्रस्तुत गरिरहेका छन्।(छिम्केश्वरी एफ् एम् डुम्रे)








