रमेश पौडेल । काठमाडौं । कोरोना भाईरस कोभिड १९ कोृ प्रकोप बढेसगै नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका २२ वटा बन्द गर्ने निर्णय गरेको छ । साथै उक्त बैठकले अन्य १३ वटा नाका संचालन गर्ने निर्णय गरेको हो । खुल्ला हुने नाकाहरुमा पशुपतिनगर, काँकडभिट्टा, जोगबनी, भिठ्ठामोड, वीरगञ्ज, गौर, बेलहिया, कृष्णनगर, गौरीफान्टा जमुनाह, कोलुघाट, झुलाघाट र गड्डाचौकी रहेका छन् । यस अघि नै सरकारले खुला रहने नाकाहरुमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिसकेको छ ।
बैठकले सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने र निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने साथै निजी अस्पतालहरुलाई कोभिड अस्पतालका रुपमा सचालनका लागि तयारी थाल्ने निर्णय पनि गरेको एक सदस्यले जानकारी दिनुभएको छ ।








