गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

  • ख-
  • ख+

काठमाण्डौ । चर्चित गायक प्रकाश सपुत कोरोना संक्रमित हुनुभएको छ । । सामाजिक संजालबाट आफुमा कोरोना पोजिटिभ देखिएको जानकारी प्रकाशले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गर्नुभएको छ । वहाँ अगाडि लेख्नुहुन्छ एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ । कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि सामाजिक संजालमा वहाँले आग्रह गर्नुभएको छ ।
भिन्न भिन्न शैलीका तर समाजका भावनाका गित गाउने प्रकाशले पछिल्लो समय ‘के यो देश मेरो होइन र’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो । पछिल्लो समयको वहाँको यो गित चर्चाको शिखरमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?