तनहूँ । लायन्स क्लब अफ तनहूँ व्यास सिटीको अध्यक्षमा प्रदीप मल्ल चयन हुनुभएको छ ।। बर्ष 20/21का अध्यक्ष एबम जोन चियर पर्सन कुमार मल्लको अध्यक्षतामा
शनिबार सम्पन्न आठौ वार्षिक साधारण सभाले वर्ष २०२१/२२ का लागि मल्लको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।
प्रथम उपाध्यक्षमा अन्जु दाहाल, द्वितिय उपाध्यक्षमा सुकनारायण मल्ल, तृतीय उपाध्यक्षमा एकप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी, क्लबको सचिवमा शान्ता बास्तोला,सह सचिबमा बिमला अधिकारी कोषाध्यक्षमा राजु गोशली, सह कोषाध्यक्ष राज कुमार श्रेष्ठ सहितको कार्य समिति चयन गरिएको छ ।
पूर्व लायन्स डिष्ट्रिक्ट गर्भनर अशोककुमार श्रेष्ठ प्रमुख अतिथि तथा डेप्युटीचिफ एड्भाइजर चुडामणी दाहाल, डिपार्टमेन्ट चिफ राजकुमार श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष एवं पविन्द्रकुमार श्रेष्ठलगायतको उपस्थितीमा कार्यक्रम गरिएको क्लबले जनाएको छ ।








