बैतडीमा जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुग्यो

  • ख-
  • ख+

डोटी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेका संख्या पाँच पुगेको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घाइतेहरूको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ । दुर्घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (अनलाईन खाबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?