पोखरा । पोखराका अस्पतालहरुमा उपचाररत पर्वत र स्याङ्जाका २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उहाँहरुको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा हिजो बेलुका मृत्यु भएको हो ।
हिजो नै कोरोना संक्रमण पुष्टि भएका पर्वत जिल्लाको जलजला गाँउपालिका वड ानं. ७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बेलुका सवा ८ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरि स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. ११ क ५० वर्षीय पुरुषको हिजो बेलुका पौने १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । उहाँलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उहाँहरुको मृत्यु पश्चात गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३७ पुगेको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएको छ ।








