बैतडीमा पनि लकडाउन, विभिन्न स्थानमा आइसोलेसन बन्दैः लकडाउनको पालना गर्न प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको आग्रह

  • ख-
  • ख+

बैतडी । बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसमा १ सय बेडको आइसोलेसन निर्माण भइरहेको छ । ” झुलाघाट नाकामा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएकालाई राख्न जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीमा १ सय बेडको आइसोलेसन निर्माण भइरहेको” जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवँ प्रमुख जिल्लाअधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका सबैलाई सोहि आइसोलेसन सेन्टरमा राखिने उहाँले बताउनुभयो । ५० बेडको आइसोलेसन तयार भइसकेको जनाउदै प्रमुख जिल्ला अधिकारी पाण्डेले ”१ सय बेड सम्म आइसोलेसन निर्माण गरिने ” बताउनुभयो । ”सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालय बैतडीले सञ्चालन गर्ने गरि आइसोलेसन निर्माण भइरहेको ” स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो । ”अहिले ५० शैयाको आइसोलेसन निर्माण भइसकेको र विस्तार थपिदै जाने” उहाँले बताउनुभयो ।
भारतसग सिमाना जोडिएको बैतडीमा जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाष २० बाट लागु हुने गरी जेठ २ गते सम्मको लागि लकडाउन गरिएको छ ।” जिल्लामा कोरोना संक्रमणको दर तिब्र देखिन थालेपछि लकडाउन गरिएको ” प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । लकडाउनलाई कडाईकासाथ लागु गरिने समेत पनि उहाँले बताउनुभयो ।

के सेवा कति सम्म संचालन गर्न पाईन्छ

लगडाउन अवधिमा खाद्यान्न तरकारी तथा दुध डेरी बिहान ७ बजेदेखि १० बजे सम्म खुल्ला रहने छ । औषधि पसलहरु खुल्ला रहने छ । अत्यावस्यक सेवा बाहेकका सबै यातायातका साधनहरु बन्द रहनेछन् । अत्यवास्वक सेवाका लागि यातायात संचालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पुर्व स्वीकृति आवश्यक पर्ने छ ।

मिति तय भई बिवाह गर्नै पर्ने भएमा बढीमा १५ जना सम्म जन्ती जाने शर्तमा दुई गाडीको मात्र पास जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउन सक्ने छ ।

यसका साथै एम्बुलेन्स सेवा र अस्पताल जानै पर्ने बिरामीका लागि आवत–जावतमा सहजता गरिने छ । जिल्लामा संचालित बैङ्क तथा वित्तिय संस्थाहरु स्वास्थ्यको मापदण्ड अपनाएर संचालन गर्न सकिने डिसिसिएमसीले निर्णय गरेको छ ।

यी बाहेकका सबै सेवाहरु बन्द रहनेछन् । डिसीसीएमसीले लकडाउनको पालना गरि संक्रमण रोकथामका लागि सहयोग गर्न समेत सबै नागरिकमा आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । (रेडियो बैतडी र दिव्यास्त्र डट् कम्को सहयोगमा)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?