पोखरा। गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृत्युहुनेहरु कास्की जिल्लाका का २ जना र पर्वत जिल्लाका १ जना रहको निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. १० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ निर्देशनालयले जनाएको छ । शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएका उहाँ मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा हुनुहुन्थ्यो ।
वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएकी कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । उहाँमा निमोनियाको पनि समस्या रहेको बताइएको छ ।
यसैगरी पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५ः१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको निर्देशनालयले बताएको छ ।
आज ३ जना थपिएसगै गण्डकी प्रदेशमा कोरोना कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।








