नेपालमा कोरोनाबाट थप ५३ जनाको मृत्यु, ८४१८ जना नयाँ संक्रमित थपिए

  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट देशभर पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १७ हजार ३ सय १५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २ सय ८७ जना र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जना गरि कुल ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो आंकडासगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको छ । सक्रिय संक्रमितमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ४ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७ सय ५८ जना संक्रमितको आईसीयू र २ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कुल संक्रमित ३ लाख ८५ हजार ८ सय ९० जना पुगेको छ भने मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो संक्रमितहरुको अपडेटः

काठमाडौं उपत्यकाः ३,११३ जना (काठमाडौं २ हजार २७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ )
रुपन्देही ८६१, सुर्खेत ५९७, बाँके ५५५, कास्की २८५, झापा २७६, मोरङ २५४, दाङ १८९ जना, सुनसरी १५७, मकवानपुर १३४, चितवन १२५, धनुषा ११६, बर्दिया ११३, बैतडी १११ तथा पर्सा र सिन्धुलीमा १०७÷१०७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्